ललितपुर नगर प्रहरीले विद्युतीय स्कुटरबाट गस्ती गर्ने

काठमाण्डाै - ललितपुर महानगरपालिकाकाे नगर प्रहरीकाे क्विक रेस्पोन्स टाेलीले विद्युतीय स्कुटरमार्फत गस्ती गर्ने भएकाे छ । महानगरले एक कार्यक्रममार्फत आजदेखि गस्तीका लागि पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएकाे जानकारी दिएकाे हाे ।  महानगरवासीका समस्या तत्काल समाधान गर्ने उद्देश्यले विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएकाे महानगरपालिकाले जनाएकाे छ। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आउँदाे दिनमा किन्ने सबै गाडी विद्युतीय हुने घोषणा पनि गर्नुभएका...