रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

१० मंसिर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका-७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो । लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आज पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको छ । नोभेम्बर १ तारिखदेखि सुरु […]