रहेनन् हलिउड अभिनेता पल मुनी

एजेन्सी । हलिउड अभिनेता, कमेडियन तथा लेखक पल मुनीको निधन भएको छ । ७९ वर्षका मुनीको क्यालिफोर्नियामा हृदयघातको कारण निधन भएको हो ।  मुनीका एजेन्ट हेलेन शोले उनको निधनको पुष्टि गरेका छन् । ‘सानदार अभिनेता तथा प्रतिभाशाली कमेडियनको  हृदयघातको कारण निधन भएको छ’ हेलेन शोले भनेको छ  । मुनीका परिवारले पनि ट्वीट मार्फत मृत्युको पुष्टि गरेका छन् ।  मुनीले सुरुमा क्यालिफोर्नियाको ओकल्याण्डमा सर्कसको रिंगमास्टरको कमेडियनको रुपमा आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए