कास्की : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ।उक्त राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि प्रतिवेदन पेस गर्न गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो।मध्यपहाडी राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवादका कारण लामो समयदेखि काम सुरु हुन सकेको छैन। पछिल्लो समय पोखराको बाटुलेचौर, अर्मला मौजा हुँदै