मिटरब्याज पीडितहरुले काठमाडौंमा गरे प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ११ फागुन । विभिन्न जिल्लाबाट काठमाडौंमा भेला भएका मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका छन् । उनीहरु न्याय माग्न पैदलै हिँडेर बुधबार काठमाडौं आइपुगेका हुन् । आज (शुक्रबार) उनीहरुले काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरेका थिए । रत्नपार्कबाट भृकुटीमण्डतर्फ आइरहेको बेला प्रहरीले रोकेको छ । उनीहरुले ‘किसानको भूमि फिर्ता गर, पीडितहरु एक हौँ, काठमाडौं पैदल यात्रा सफल पारौँ, […]

सम्बन्धित सामग्री

२३ दिन हिँडेर काठमाडौँ छिरे मिटरब्याजी पीडित, त्रिभुवन पार्कमा बास, तस्वीरमा

काठमाडौँ : देशका विभिन्न जिल्लाबाट भेला भई पैदक हिँडेका मिटरब्याजी पीडितहरु आज काठमाडौँ छिरेका छन्। साँझ नागढुंगा नाकाबाट काठमाडौँ छिरेका उनीहरु अहिले त्रिभुवन पार्कमा बसेका छन्। भोलि उनीहरु तीनकुने आएर प्रदर्शन गर्ने जनाइएको छ। झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि काठमाडौँ आइपुगेका हुन्। मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो। दुवै टोली चितवन

जनकपुरमा मिटरव्याज पीडितको प्रदर्शन

१७ भदौ, जनकपुरधाम । मिटरव्याज पीडितहरुले जनकपुरधाममा प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले जनकपुरमा प्रदर्शन गरेका हुन् । मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए । मण्डल कुट्टीबाट निस्केको जुलुस विभिन्न भागमा […]

मिटरब्याज पीडित बन्दी सीतालाई न्यायको माग गर्दै पोखरामा प्रदर्शन (भिडिओ)

पोखरा । पोखरा महानगरपालिका २७ रिठ्ठेपानीकी सीता दर्जीलाई चेक बाउन्सको मुद्दामा पक्राउ परेको विरोधमा पीडितले विरोध प्रदर्शन गरेका छन् । संयुक्त दलित संघर्ष समिति कास्की नेतृत्वमा सीताको परिवारसहितले जिल्ला प्रशासन कार्यालय कास्कीमा अगाडि नाराबाजी तथा धर्ना गरेका हुन् । उनीहरुले मिटरब्याज पीडित बन्दी सीता दर्जीलाई न्याय दे, मिटरब्याजी कमल थापालाई तत्काल गिरफ्तार गर, मिटरब्याजी कमिशनखोर […]

मिटरब्याज पीडित पक्राउ

काठमाडौँ- सरकारले ल्याएको मिटरब्याज सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै संसद् भवन अघि प्रदर्शन गर्न खोज्ने मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार संसद् भवन अगाडि नाराबाजीसहित प्रदर्शन गर्न खोज्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिटर ब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले नयाँ कानु...

सिंहदरबार अगाडि मिटरब्याज पीडित : जमिन फिर्ता नहुँदासम्म गाउँ जाँदैनौं !

२४ चैत, काठमाडौं । खुट्टामा प्रहरीको लाठी बर्सिएपछि सडकमै लम्पसार परिन्, नजमा खातुन । मिर्गाैला समस्याले ग्रसित रौतहट गुजरा नगरपालिका हरिहरपुरकी खातुन कम्मरमा पटुका बाँधेर मिटरब्याज विरुद्ध आन्दोलन गर्न काठमाडौं आएकी थिइन् । शुक्रबार सिंहदरबारको मूल गेट अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठी हानेपछि खातुन सिकिस्त भएकी छिन् । सडकमै लडेकी उनलाई साथीहरूले उठाएर शान्तिवाटिकाको […]

मिटरब्याज पीडित सिंहदरबार अगाडि

मिटरब्याज पीडितले शुक्रबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।

देशभरका लघुवित्त र मिटरब्याज पीडित काठमाडौंमा (तस्वीरहरू)

३० फागुन, काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ । उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत […]

३३ जना मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा

काठमाडौँ । प्रहरीले ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ।  माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।  माइतीघरमा प्रदर्शन गर्न अहिले रोक लगाउँदा पनि जबरजस्ती बस्न खोजेको हुँदा ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  उनका अनुसार पीडितलाई प्रहरीले माइतीघर क्षेत्रमा नबस्न आग्रह […]

कीर्तिपुरमा मिटरब्याज पीडितमाथि लाठी चार्ज

काठमाण्डाै – न्याय खोज्दै काठमाण्डौ आएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडित जीतबहादुर थापाले जानकारी दिनुभयो । आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका उनीहरूलाई प्रहरीले लाठी प्रहार गरेर कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीको कुटाइबाट केही प्रदर्शनकारी घाइते भएका छन् । ३५ जना पक्राउ परेका प्रदर्शनमा सहभागी जीतबहादुर थापाले जानकारी दिनुभयो । तराईको विभिन्न जिल्लाबाट आ...