कांग्रेस महाधिवेशनस्थल छोडेर शीर्ष नेताहरू उम्मेदवार छान्न छलफलमा, बन्दसत्र सुरु भएन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवारको टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसिरहेको छ।३२ पुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठक सभापतिको साझा उम्मेदवार तय गर्न निर्णायक हुने नेताहरुले बताएका छन्। संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा नै सभापतिका एक्ला दावेदार देखिएपनि इतर पक्षबाट आकांक्षीको संख्या धेरै हुँदा उम्मेदवार छान्न निकै सकस भइरहेको छ।नेता कार्यकर्ताहरूले देउवासँग प्रतिस्पर्धा गर्न एकजना मात्रै सभापतिका लागि अगाडि बढ्नुपर्