लाल मोहम्मद प्रकरण : वीरगञ्जमा भारतीयले दिए पेस्तोल, दुई युवकले काठमाडौं ल्याए

मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान, मेहरन मियाँ र आफुलाई सुमी भनेर चिनाउने सुमित्रा छिन् ।उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ पर्नेहरूले लाल मोहम्मदलाई हत्या गर्नुअघि हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पर्साबाट पक्राउ परेका रेहान खानलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।मेहरन र रेहानलाई एकज