नेकपा 'एस'का केन्द्रीय सदस्य पुण्य गौतम एमाले प्रवेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पुण्य गौतम नेकपा (एमाले) प्रवेश गरेका छन् । भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमसहितलाई एमाले प्रवेश गराएका हुन् । उनले एकीकृत समाजवादी पार्टीले आफूहरूलाई  सुरुङमा छिराएका कारण एमाले प्रवेश गरेको बताए ।

सम्बन्धित सामग्री

ओलीकाे खुट्टा छुँदै पुण्य गौतम एमाले प्रवेश

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । काठमाण्डौको भृकुटीमण्डपमा आज मङ्गलवार भएको आमसभामा गौतम एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा हस्तान्तरण गरेर स्वागत गर्नुभयो । गौतमले अध्यक्ष ओलीको खुट्टा छोएर सम्मान गर्नुभएको थियो । गौतम युट्युबरलाई विभिन्न विषयमा अन्तरवार्ता दिएर र बेला–बेला विभिन्न विवादित क्रियाकलाप गरेर चर्चामा आइरहने गर्नुभएको छ ।

चारधाम घुमेर पुन्य गौतम ओलीको चरणमा !

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम अन्त्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पाउमा पुगेका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा उनी ओलीको खुट्टा ढोग्दै एमाले प्रवेश गरे। ओलीले ...

पुण्य गौतमलाई प्रश्न- एकाएक एमाले कसरी छिर्नु भाे ?

एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम मंगलबार केपी ओलीको गोडा ढोग्दै एमाले प्रवेश गरे । गौतमकै भनाइअनुसार डेढ महिनादेखि उनी एमाले छिर्ने तयारीमा थिए

ओलीले गराए पुण्य गौतमलाई एमाले प्रवेश

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । गौतमलाई मङ्गलवार काठमाडौँको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका हुन् । ओलीले गौतमलाई एमालेको झन्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सी जिनपिङको जस्तै भएको […]