एसिड पीडित मुस्कानको थप उपचारका लागि पाँच लाख सहयोग गर्ने सरकारको निर्णय

प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ ।    मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।    यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि रु तीन लाख सहयोग उपलब्ध गराएको थियो । यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले