युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधन, रुससँग अन्तिम समयसम्म लड्ने वाचा

२१ दिनदेखि रुसको आक्रमण झेलिरहेको युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गर्नुभएको छ । जेलेन्स्कीले भिडिओमार्फत सम्बोधन सुरु गर्नुअघि सबै सांसदहरूले उभिएर ताली बजाउँदै सम्मान प्रकट गरेका थिए ।  अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सहयोग र सद्भावका लागि अमेरिकी सरकार र नागरिकलाई धन्यवाद दिँदै रुससँग अन्तिम सेकेन्डसम्म पनि लडिरहने र कहिल्यै हार नमान्ने दृढता व्यक्त गर्नुभएको छ ।  उहाँले युक्रेन अहिले आफ्नो देशको रक्षाका लागि मात्रै नभइ समग्र युरोप र विश्वभरका देशक...