दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चित

दुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट वञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले करिब छ महिनादेखि उनीहरु विद्यालयको पहुँच बाहिर छन् ।