भोलिको सचिवालय बैठक स्थगित गरेर प्रचण्डसँग छलफल गर्न निकटस्थहरुको ओलीलाई सुझाव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु बुधवारको सचिवालय बैठकबारे रणनीति तयार गर्न व्यस्त छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन्। ओलीले मंगलवार महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप नेताहरुसँग बालुवाटारमा छलफल गरेका