अमेरिकाबाट फिर्ता गरिएका मुकुन्डो र मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण

चोरी गरेर अमेरिका पुर्‍याइएका दुईटा मुकुन्डो र दुईटा मूर्तिहरु नेपाल फिर्ता गरी बुधबार पुरातत्व विभागलाई जिम्मा लगाइएको छ ।तामा धातुबाट १६ औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६ औं शताब्दीमा प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं/१८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरिएको हो ।