आफ्नै भवनमा मण्डला, ‘रोगन’बाट मञ्चन सुरु

स्थापनाको १२ वर्षपछि मण्डला नाटक घरले आफ्नै भवन पाएको छ । बिहीबारदेखि नाटकघर थापागाउँस्थित आफ्नै भवनमा सरेको हो । बिहीबार आयोजित एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाका दुई नाटक घरको उद्घाटन गरे । कार्यक्रममा पुनले कला, साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने दायित्व सरकारको भएको समेत धारणा राखेका थिए ।नयाँ भवन उद्घाटनसँगै मण्डलाले नाटक ‘रोगन’ को पनि मञ्चन गरेको थियो । उपराष्ट्रपति पुनले उक्त नाटक समेत अवलोकन गरेका थिए । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले २ नाटक घर बनाए