काठमाडौँ – संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सुरु भएको हो। बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन २० गतेदेखि उमेर हदका कारण अवकाश पाउँदैछन्। स्रोतका अनुसार आजको बैठकले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ।यसअघि मंगलबार बसेको परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो।