लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

काठमाण्डाै - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको छ । अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ । लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यसअनुुसार आउँदो ...

सम्बन्धित सामग्री

लुम्बिनीमा एमाले-माओवादीको सरकार बनाउन माथिको निर्णय कुर्दै

दाङ- केन्द्रीय राजधानीमा नयाँ समीकरण बन्न थालेपछि त्यसको प्रभाव प्रदेश तहमा देखिन थालेको छ। लुम्बिनी प्रदेशमा केन्द्रको निर्णय कुरेर एमाले, माओवादी लगायतका दलहरू बसेका छन्। यसअघिकै निर्णय कार्यान्वयन गर्ने भन्ने सहमतिअनुसार लुम्बिनी सरकारको नेतृत्व एमालेले पाउने देखिएको छ। यद्यपि यसबारेमा निर्णय भने भइसकेको छैन। कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार अब नयाँ समीकरणको आधारमा एमाले, […]

लुम्बिनी प्रदेश सरकारः समझदारीअनुसार नेतृत्व फेर्ने जिम्मा शीर्ष नेतृत्वलाई

बुटवल– लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा कांग्रेस र माओवादी केन्द्रले शीर्ष नेतृत्वलाई सुम्पिएका छन्। माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो। कुलप्रसाद केसी मुख्यमन्त्री बनेको १२ फागुनमा आठ महिना पूरा भएको छ। आलोपालो सहमतिअनुसार अब कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने […]

लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी आलोपालो

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको राजीनामासँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको छ । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ ।