नवनियुक्त मन्त्री झाँक्रीले शहरी विकास मन्त्रालयमा सम्हालिन् कार्यभार

नवनियुक्त शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर झाँक्रीले कार्यभार सम्हालेकी हुन् । मन्त्री झाँक्रीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् ।

सम्बन्धित सामग्री

जब मन्त्रीको कार्यकक्षमा गुन्जियो- मंगलम् भगवान विष्णु…

३ माघ, काठमाडौं। दिउँसो १:५५ बजे शहरी विकास मन्त्रालयका सबै कर्मचारीहरु मुख्यद्वारमा फूलमाला लिएर लामबद्ध थिए । नवनियुक्त मन्त्री बिक्रम पाण्डे नआइपुग्दै कर्मचारीहरु सतर्क मुद्रामा स्वागतको लागि तयार थिए । कार्यालय सहयोगीले कागजले छोपेको केही चिज लिएर हतार हतार मन्त्रालयभित्र प्रवेश गर्दै थिए । पत्रकारहरुले जिज्ञासा राखेपछि उनले जवाफ दिए, पृथ्वीनारायण शाहको फोटो हो । […]

स्थायी राजधानी भालुबाङ पुगेर शहरी विकास मन्त्रीद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको स्थायी राजधानी भालुबाङस्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ गर्ने बताए । उनले सबै मन्त्रालय छिट्टै स्थायी राजधानी सार्ने  प्रतिबद्धता समेत जनाए । पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।पदभार ग्रहण गर्नु अघि मन्त्री चौधरीले मौरिघाट चोकमा पुगेर शहीद श्रीनारायण चौधरीको शाल

लुम्बिनी प्रदेशमा मन्त्री चौधरीको पदभार ग्रहण

लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले दाङको मौरिघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि योजना बनाउँदै पर्यटनलाई रोजगारसँग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, राजधानीलाई व्यवस्थित गर्ने कुरा मेरो प्रथामिकता हो, सँगै पर्यटनलाई रोजगारसँग जोडेर काम गर्नुपर्ने देखिएको छ ।