सरकार र सभापति देउवाविरुद्ध नेविसंघको प्रदर्शन

केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राजधानीमा शुक्रबार प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्नेलगायत नारा लगाउँदै नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो। भृकुटीमण्डपको विश्वभाषा क्याम्पसबाट सुरू भएको प्रदर्शन रत्नपार्कमा…