एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर-अन्डरपास बनाउन बजेट माग

१६ वैशाख, काठमाडौं । विस्तारित चक्रपथको एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर र अन्डरपास बनाउन सकड विभागले सरकारसँग बजेट मागेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का लगाएपछि एकान्तकुना र सातदोबाटोमा पनि क्रसिङ पूर्वाधार बनाउन बजेट मागेको हो । केन्द्रले यसअघि गरेको अध्ययनमा परमार्शदाताले विभिन्न विकल्पसहित प्रारम्भिक रिपोर्ट दिएको थियो […]