पर्यटक पर्खिँदै पञ्चासे

पोखरा- पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै कुरा छन् । […]

सम्बन्धित सामग्री

पर्यटक भित्र्याउन उद्देश्यले पञ्चासे जैविक विविधता पार्क

कास्कीमा पर्यटक भित्र्याउने उद्देश्यले पञ्चासे जैविक विविधता पार्क निर्माण गरिने भएको छ ।

पर्यटक भित्र्याउन उद्देश्यले पञ्चासे जैविक विविधता पार्क

कास्कीमा पर्यटक भित्र्याउने उद्देश्यले पञ्चासे जैविक विविधता पार्क निर्माण गरिने भएको छ ।

पाहुनाले भरिँदै चित्रेगाउँका होमस्टे

पर्वत । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द रहेका पर्वतका होमस्टे दसैं, तिहारको छुट्टीमा घुमघाममा आएका आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । कोरोना संक्रमणका कारण पाहुना राख्न छाडेका होमस्टे खुला भएसँगै भरिन थालेका हुन् । जिल्लाका मुख्य पर्यटकीय गन्तव्य चित्रे गाउँमा पर्यटक आगमन बढेको वडाध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिए । पर्यटक घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमै चित्रे गाउँ पर्छ । आँखै अगाडि हिमालका लामबद्ध दृश्य । सबैजसोका घर ढुंगाले छाएका छन् । यहाँका घरका आँगनसमेत ढुंगाका छपनीले छाइएका छन् । सोही कारण पनि पर्यटक लोभिने गरेका छन् । कोभिड–१९ का कारण ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको छ ।   यहाँका ७ घरमा व्यावसायिक रूपमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो हो । होमस्टेका ढोका खुल्न थालेपछि रमाइलो महसुस भएको होमस्टे सञ्चालिका सुशीलादेवी गुरुङले बताइन् । स्वास्थ्य मापदण्ड पालना गरी होमस्टे खुला गरिएको उनको भनाइ छ । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ । कोभिड संक्रमणपछि सुनसान गाउँमा फेरि चहलपहल सुरु भएको स्थानीय मनमाया गुरुङले सुनाइन् । गाउँमा पाहुना आउँदा दैनिकी क्रमशः बेफुर्सदिलो बन्न थालेको उनको अनुभव छ । दसैंदेखि अग्रिम बुकिङ गरेर पर्यटक आउन थालेको होमस्टे सञ्चालक मनमायाले जानकारी दिइन् । प्रवासी नेपालीको अन्तर्राष्ट्रिय संस्था पर्वत समाजले आफ्नो अधिवेशन समेत चित्रेमा आयोजना गरेकाले अहिले दैनिक पर्यटक बढ्न थालेको उनले बताइन् । अधिवेशनमा दुई दिनमा ३ सय जना पाहुनाको स्वागत गर्ने तयारी छ । यहाँका स्थानीयले होमस्टेलाई आम्दानीको  थलोका साथै सामाजिक अभियानका रूपमा पनि उपयोग गर्दै आएका छन् । जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या–पर्यटनमा लगानी गर्ने गरेको र ५ प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुुसुदन अधिकारीले जानकारी दिए ।   अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीयले आँगनमै फूलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चैबाजा र भजन टोलीको फरक–फरक प्रस्तुतिले धेरैलाई रमाइलो मोहित गर्ने गरेको होमस्टे सञ्चालक बताउँछन् । जाडोको बेला ‘क्याम्प फायर’सहित पञ्चैबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरूलाई झनै हौसाएको वडाध्यक्ष सुकबहादुर गुरुङले सुनाए । चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने रुटसमेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य नियाल्ने आन्तरिक पर्यटकको संख्या धेरै छ । होमस्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुंग बनाउँछ । खानाको रूपमा कोदोको पीठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनीले पनि पाहुना लोभिने गरेका छन् ।

चित्रेका होमस्टेमा आउन थाले पर्यटक

कार्तिक ४, पर्वत । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द रहेका होमस्टे दशैं तिहारको छुट्टिमा घुमघाममा आएका पर्यटकले भरिभराउ भएका छन् । कोरोना संक्रमणका कारण पाहुना राख्न छोडेका होमस्टे खुल्ला भएर अहिले पाहुना राख्न शुरु गरेका हुन् । जिल्लाका मुख्य पर्यटकीय गन्तव्य मध्येको एक चित्रे गाउँमा पर्यटक आगमन बढेको वडाध्यक्ष शुकवहादुर गुरुङले जानकारी दिए ।  पर्यटकहरु घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमा छ चित्रे गाउँ । आँखै अगाडी हिमालका पंक्ति । सबैजासोका घर ढुंगाले छाएका । आँगन र डहर समेत ढुंगाका छपनीले बनाएको । त्यसैले यहाँ आउन पर्यटकहरु हुरुक्क हुने गर्छन् । कोभिड १९ संक्रमण पश्चात ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको हो । यहाँका ७ ओटा घरमा व्यावसायिक रुपमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो र चर्चित होमस्टे हो । कोरोना संक्रमणको त्रासले बन्द भएका होमस्टेका ढोका खुल्न थालेपछि रमाईलो महसुस भएको होमस्टे सञ्चालक शुसिलादेबि गुरुङले बताइन् ।  स्वास्थ्यका मापदण्ड पालना गरि होमस्टे खुल्ला गरिएको उनको भनाइ छ । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ ।  कोभिड संक्रमणपछि सुनसान रहेको गाउँमा फेरि चहलपहल शुरु भएको स्थानीय मनमायाँ गुरुङले बताइन् । उनले गाउँमा पाहुना आउँदा आफूहरुको दैनिकी पनि बेफुर्सदिलो बनेको सुनाईन् । दशैंदेखि अग्रिम बुकिङ गरेर पर्यटक आउन थालेको होमस्टे सञ्चालक मनमायाँले जानकारी दिईन् ।  प्रवासी नेपालीहरुको अन्तरराष्ट्रिय संस्था पर्वत समाजले आफ्नो अधिबेशन समेत चित्रेमा आयोजना गरेकोले अहिले दैनिक पर्यटक बढ्न थालेको उनले बताईन् । अधिबेशनमा दुई दिनमा ३०० जना पाहुनाको स्वागत गर्ने तयारी रहेको छ ।     यहाँका बासिन्दाहरु होमस्टे लाई आम्दानी गर्ने थलो मात्रै नभई सामाजिक अभियान थाल्ने थलोको रुपमा पनि उपयोग गर्दै आएका छन् । जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।  अहिले धेरै घरहरुमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुसोधन अधिकारीले जानकारी दिए ।   अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीय आँगनमा फुलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् ।  जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरुलाई झनै हौसाएको वडाध्यक्ष सुकबहादुर गुरुङको भनाइ छ । चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या धेरै छ । होमस्टे पुग्न साथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी आदीले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

‘तालदेखि तालसम्म साइकल ट्रयाक’ बनाउँदै पोखरा महानगर

पोखरा लेकसाइडका धर्म बहादुर लामिछाने साइकल चढ्न थालेको ४० वर्ष भयो आफू १२ वर्षको हुँदादेखि साइकल चलाउन मन पराउने लामिछानेको साइक्लिङ मोह उमेरसगै बढदै गैरहेको छ । उहाँ हरेकदिन साइक्लिङका गर्नुहुन्छ । साइकल यात्रामा उहाँ सँगै थुप्रै पोख्र्ली युवाको टिम छ । शनिबार १२ घण्टा र अन्य बार ३ घण्टा दैनिकी जस्तै बनेको छ । पोखराको मुख्य सहरी भागमा भन्दा डाँडाकाँडामा साइक्लिङ गर्न मन पराउने उहाँ बेगनासताल रुपाताल, भदौरे तमादि, पञ्चासे काडे, कालिका स्थान धेरै पटक पुगीसकेको बताउनुहुन्छ । पोखरा आसपासका सबै ठाँउहरु साइकल यात्रा गरिसक्नु भएका लामिछाने यहि कात्तिक १९ गते १८ जनाको समूहसहित मनाङ तिलिचोतालको यात्रामा निस्किने जानकारी दिनुभयो । “मेरो संयोजकत्वमा १८ जनको टिम तिलिचोताल जादैछौ, आन्तरिक पर्यटन प्रवद्र्धनका लागी पोखरा ‘माउन्टेन बाइक एडभेन्चर ,को आयोजनामा “कोभिड १९ च्यालेन्ज २०२० साइकल टुर ”जान लागेको हौ,। उहाँले भन्नुभयो । “आन्तरिक पर्यटनका लागी साइकल यात्रा पनि गर्न सकिन्छ र यसले पनि डाँडाकाडाँमा व्यसाय गर्नेलाइ पनि सहयोग पुग्छ भन्ने सन्देश दिन खोजिएको हो,। लामिछानेले थपनु भयो । पोखरा लेकसाइडका स्थानियवासी लामिछाने उमेरले ५० कटिसकेको भए पनि ४० भन्दा कम उमेरको देखिनुहुन्छ । ५ वर्षदेखि साइक्लिङ गर्दै आउनु भएकि पोखरा ७ की दुर्गा अधिकारी साइकलिङ आफ्नो स्वाथ्यका लागी वरदान भएको बताउनुहुन्छ । “फिजीकल एक्सरसाइज, सुगर प्रेशर लाग्नबाट बचाउछ, छिटो रोगले आक्रमण गर्न सक्दैन् ।” पेशाले संचारकर्मि रहनु भएकी अधिकारी टिम सँगै साइकल यात्रामा तिलिचोताल पुग्ने आँट गरेको बताउनु हुन्छ । “पोखरामा पोखरेली मात्र नभएर विदेशी पर्यटक पनि साइक्लिङमा रमाएको भेटिन्छन् । फेवातालका किनार हुँदै पामे, खपौँदी, र डाडाकाडाँमा पनि पर्यटक भेटिने गर्छन् । पोखरामा साइक्लिङ कल्चर बढिरहेको अधिकारी बताउनुहुन्छ ।

पञ्चासेमा केबुलकार बन्ने

कास्की - धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ ।  पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । कास्क...

पर्यटकको पर्खाइमा पञ्चासे

पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ । गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित हुन थालेका हुन् । होमस्टे सेवा शुरु गरेपछि गाउँमा आउने पर्यटकको संख्या बढ्न थालेसँगै स्थानीयमा समेत उत्साह बढेको छ ।

पर्यटकलार्इ आकर्षण बढाउँदै कुश्माका अग्ला पुल :: Pahilopost.com

पर्वत : मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल जस्ता आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो माध्यम नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन्। विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै यस्ता पुल नेर्माण भएका थिए। नेपालकै अग्लो