प्रधानमन्त्रीलाई इजलाशमा उपस्थित हुन सर्वोच्चको पत्राचार

सर्वोच्च अदालतले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई अवहेलना मुद्दामा सशरीर उपस्थित हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतको अवहेलना निवेदन दर्ता शाखाका अनुसार एक साताभित्र प्रधानमन्त्री र महान्यायाधिवक्तालाई उपस्थित हुन सोमवार उनीहरूका नाममा म्याद तामेली गर्न पत्र पठाइएको हो । दैलेखका पत्रकार डेकेन्द्र थापा हत्यासम्बन्धी मुद्दा पुनरावेदन अदालत, सुर्खेतमा विचाराधीन रहेको अवस्थामा हत्या अनुसन्धानमा प्रभाव पारेको भन्दै सर्वोच्चमा परेको प्रधानमन्त्री र महान्यायाधिवक्ताविरुद्धको अवहेलना मुद्दामा न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले अदालतमा विपक्षी द्वयलाई अदालतमै उपस्थित भई जवाफ दिन आदेश जारी गरेको थियो । आदेशसहित प्रधानमन्त्री र महान्यायाधिवक्तालाई पत्राचार गरिएको छ । सर्वोच्चले पठाएको पत्र बुझेको मितिले ७ दिनभित्र प्रधानमन्त्री र महान्यायाधिवक्ता अदालतमा उपस्थित हुनुपर्छ ।  वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९  

सम्बन्धित सामग्री

खेल सकिएको १५ दिनभित्र लामिछाने काठमाडौं अदालतमा उपस्थित हुनुपर्ने

तर,आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुपर्ने सर्वोच्चको आदेशमा भनिएको छ।...

काष्ठमण्डपका मूर्तिसम्बन्धी मुद्दामा विपक्षीलाई उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले काष्ठमण्डपमा रहेका गोरखनाथ र चार गणेशका प्राचीन मूर्ती परिवर्तन गरेको मुद्दामा विपक्षीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।सर्वोच्चका न्यायाधीश न्यायाधीश कुमार रेग्मीको इजलासले मुद्दाका विपक्षी काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, कामपाका नगर प्रमुख विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाका कार्यकारी प्रमुख सन्दीप खनाललाई ७ दिनभित्र उपस्थित हुन आदेश जारी गरेको हो।काष्ठमण्डपमा रहेका गोरखनाथ र चार

रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्चको आदेश

२६ असोज, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन आदेश दिएको छ । अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो । नेपालगञ्जका दुई जना महिलाको शंकास्पद […]

रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डाै – धर्नाका क्रममा काठमाण्डौको माइतीघर मण्डलबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरको नाममा कारण देखाऊ आदेश जारी गर्दै खानलाई २४ घण्टाभित्र स–शरीर उपस्थित गराउन आदेश दिएको हो । बाँकेका दुई महिलाको हत्यारालाई कारबाही र पीडितलाई न्यायको माग गर्दै बाँकेबाट २० दिन पैदल हिँडेर काठमाण्डौ आएका रुवीसहितका महिलाले माइतीघरमा धर्ना दिँदै आएका छन् । धर्नाका क्रममा अस्ति...

महिला अधिकारकर्मी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रुवी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा उपस्थित गराउन आइतबार आदेश...

कालीगण्डकी–तिनाउ डाइभर्सनः कागजातसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, असार २४ । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत योजनाका कागजातसहित उपस्थित हुन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ । परियोजनाबारे भएका निर्णयसम्बन्धी कागजातसहित साउन ४ गते छलफलका लागि आउन सरकारलाई सर्वोच्च अदालतले बुधवार आदेश दिएको हो । न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले विषयवस्तुको प्रकृति र गम्भीरतालाई विचार गरेर दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने […]

कर्णालीका मन्त्रीलाई छलफलका लागि उपस्थित हुन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई फौजदारी अपराधमा छलफलका लागि उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालत मन्त्री थापालाई जेठ ३० गते उपस्थित हुन आदेश दिएको हो ।सरकारी कागजात किर्ते प्रमाणित भई फौजदारी सजाय पाएका मन्त्री थापाको पद बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आइतवार सुनुवाइ भएको छ ।  न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा भएको सुनुवाइपछि मन्त्री पदमा रहने वा नरहने अन्तरिम आदेशको लागि छलफल गर्न जेठ ३० गते सर्वोच्च अदालत उपस्थित हुन आद

प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री एवं दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका […] The post प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.