काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ । नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही महिनाअघि मात्र नेपाल फर्किनुभएको थियो […]