काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सोह्र श्राद्ध सकिएपछि बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। ज्योतिषीको सल्लाहअनुसार बुधबारदेखि पितृपक्ष सकिने र दसैँ सुरु हुने शुभ साइत पारेर प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्। मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले दलहरुले पाउने मन्त्रालय र संख्याको बारेमा टुंगो लगाइसकेको छ। देउवाले असार २९ गते प्रधानमन्त्रीको शपथ लिए […]