सिटीको शानदार जित, पिएसजी बराबरीमा रोकियो

काठमाडौं :  युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले उत्कृष्ट सुरुवात गरेको छ।  समूह चरणको पहिलो खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिकलाई ६-३ गोल अन्तरले हरायो।घरेलु मैदान  भएको खेलमा सिटीको जितमा नाथन एकी, रहिम महरेज र ज्याक ग्रेलिसले एक एक गोल गरे। लाइपजिकका लागि क्रिस्टोफरले ह्याट्रिक गरेपनि टिमलाई हारबाट बचाउन सकेनन्।खेलको १६ औं मिनेटमा नाथनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। २८ औं मिनेटमा लाइपजिकका मुकीलीले आत्मघाती गोल गरेपछि सिटीले खेलमा दुई शुन्यको अग्रता बनाए। ४२ औं म