सिस्ने राउण्डमा आकर्षक आधुनिक काठेपुल निर्माण

रुकुम – रुकुम पूर्वको सिस्ने गाउँपालिका १ मा रहेको सिस्ने हिमाल पुग्नको लागि तय गरिएको सिस्ने राउण्डमा आठ वटा आधुनिक काठेपुल निर्माण गरिएका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रमा तीन वटा, बाँफिकोट गाउँपालिका क्षेत्रमा तीन वटा र रुकुम पूर्वको सिस्ने गाउँपालिका क्षेत्रमा दुई वटा आधुनिक काठेपुल निर्माण गरिएको हो । जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनाले पालिका तहसँगको सहकार्यमा पुलहरु निर्माण गरेको हो । कोरोना कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन र परेको असरलाई सम्बोधन गर्न आध...