भारत सरकारले कोरोनाको दोस्रो लहरको चेतावनीलाई बेवास्ता गरेको वैज्ञानिकहरूको दाबी

भारत सरकारले मार्च महिनाको आरम्भमा गठन गरेको वैज्ञानिक सल्लाहकारहरूको मञ्चले देशमा कोरोनाभाइरसको नयाँ तथा थप संक्रामक भेरिएन्ट फैलिरहेको भनी चेतावनी दिएको उक्त मञ्चमा रहेका पाँच वैज्ञानिकले रोयटर्स समाचार संस्थालाई बताएका छन् ।  चेतावनी दिएको भए पनि केन्द्र सरकारले भाइरस संक्रमण रोक्नका लागि नियन्त्रण नलगाएको चारजना वैज्ञानिकको आरोप छ । मास्क नलगाएका लाखौं मानिसले चुनावी सभा र धार्मिक मेलामा भाग लिएका थिए ।  अनि दशौं हजार किसानहरू नयाँ दिल्लीका सीमामा कृषि कानूनको विरोध गरेर बसेका थिए ।  मोद...