दुधकोशी गाउँपालिकाद्वारा विद्यार्थी मूल्याङ्कन निर्देशिका २०७८ जारी

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले विषम परिस्थितिमा कक्षोन्नतीका लागी विद्यार्थी मूल्याङ्कन निर्देशिका २०७८ जारी गरेको छ । बिहीबार बसेको गाउँशिक्षा समितिको बैठकले उक्त निर्देशिका स्वीकृत गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । दोस्रो लहरको कोरोना महामारीका कारण शैक्षिक गतिविधि ठप्प हुनका साथै वार्षिक परीक्षा समेत रोकिएको अवस्थामा उक्त निर्देशिका जारी गरिएको गाउँपालिकाले जनाएको […]