जग्गा हत्याउन खोज्ने ५४ जना दोषी ठहर

काठमाडौं । काठमाडौंको साबिक गोठाटार, मूलपानी, तत्कालीन विष्णु गाविसलगायत ठाउँमा जग्गाको गैरकानुनी स्रेस्ता कायम गरेर बिक्री गरेको अभियोग लागेका ५४ जना दोषी ठहर भएका छन् । गैरकानुनी स्रेस्ता तयार बनाई नक्कली लालपुर्जा बनाएर जग्गा किनबेच गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका तत्कालीन कर्मचार ी सहित ५४ जनालाई विशेष अदालतले बिहीबार दोषी ठहर गरेको छ । विशेष […] The post जग्गा हत्याउन खोज्ने ५४ जना दोषी ठहर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पूर्वमन्त्रीसहित ५४ जना भ्रष्टाचारीलाई जेल सजाय

काठमाडौं : भियतनाममा भ्रष्टाचार मुद्दामा पूर्वसरकारी अधिकारी, व्यवसायी लगायत ५४ जनालाई जेल सजाय सुनाइएको छ।कोरोना महामारीका बेला गरिएको उद्धार उडानका क्रममा स्वदेश फर्कन चाहने भियतनामी नागरिक तथा उनीहरुका आफन्तबाट घुस लिएको अभियोगमा दोषी पाइएपछि हनोइ अदालतले उनीहरुलाई जेल सजाय सुनाएको हो।  यो भ्रष्टाचार प्रकरण अहिलेसम्मकै ठूलो मानिएको  त्यहाँको सरकारी सञ्चारमाध्यम भीटीसीले जनाएको छ। अदालतले २५ सरकारी अधिकारीलाई ७४ लाख डलर घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ। जसमा पूर्वउप-पररा

कोरोना कालमा घुस लिने भियतनामका पूर्वमन्त्रीसहित ५४ जना उड्डयन अधिकारी जेल चलान

काठमाडौं। भियतनामको एउटा अदालतले देशको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक घुसखोरी र भ्रष्टाचार मुद्दामा एक पूर्वमन्त्रीसहित कैयौं उच्च पदस्थ अधिकारीलाई जेल चलान गरेको छ ।  बीबीसी अंग्रेजीले प्रकाशित गरेको खवर अनुसार अदालतले ५४ जनालाई जेल सजाय सुनाएको छ। फैसला सुनाउँने न्यायाधीशहरूका अनुसार  अभियुक्तहरूले कोभिड-१९ महामारीको समयमा हवाई मार्फत स्वदेश फिर्ता हुने मानिसहरूबाट पैसा असुलेका थिए। भियतनाम सरकारले पछिल्लो समय देशभर भ्रष्टाचार विरूद्धको अभियान चलाएको छ । यहि अभियानका  विच अदालतको यो फैसला आएको हो । दुई हप्ताभन्दा बढीको सुनुवाइपछि त्यहाँको हनोईको अदालतले दर्जनौं पूर्व-अधिकारीहरू, वरिष्ठ कूटनीतिज्ञहरू र एक पूर्व उप विदेश मन्त्री सहित - घूस, ठगी र पदको दुरुपयोगमा संलग्न भएकोमा दोषी ठहर गर्दै अदालतले प्रतिवादीहरूलाई "गम्भीर सजाय दिनुपर्ने" भनेको छ। महामारीको समयमा भियतनामी नागरिकहरू हवाई यात्रा मार्फत स्वदेश  फर्कन चाहन्थे तर सो समय व्यावसायिक उडानमा यात्रा उपलब्ध थिएन। प्रतिवादी कूटनीतिज्ञ र व्यवसायीहरूले योजना नै बनाएर विदेशमा रहेका भियतनामी नागरिकहरूबाट पैसा असुलेका थिए ।  महामारीको समय स्वदेश फर्कन चाहाने नागरिक सहित सबै यात्रुहरू  फिर्ता ल्याउन सरकारले २०२० को शुरुमा लगभग ८०० उडानहरू सञ्चालन गरेको थियो। त्याहाँको सरकारी अखबार भीटीसी  VTC  का अनुसार २५ सरकारी अधिकारीहरू कुल ७.४ मिलियन अमेरिकी डलर (९६ करोड ९७ लाख नेपाली रूपैयाँ) बढी अवैध सरकारी तलव सुविधा समेत लिएको पाइएको जनाएको छ । एक पूर्व मन्त्रीलाई  ९ लाख अमेरिकी डलर अर्थात ११ करोड ७९ लाख बढी नेपाली रूपैया वरावर घुस लिएको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको छ।  फैसलामा परराष्ट्र, स्वास्थ्य र सार्वजनिक सुरक्षा मन्त्रालयका चार पूर्व उच्च पदस्थ अधिकारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । भने १० व्यापारी र अन्य सहयोगीलाई निलम्बन गरिएको छ। उप-स्वास्थ्य मन्त्रीका पूर्व सचिव फाम ट्रुङ किएन र परराष्ट्र मामिलाका पूर्व उपमन्त्री टो आन्ह डङ यस घोटालाका केही उच्च प्रोफाइल नामहरू हुन्। मुद्दामा किएनलाई मृत्युदण्डको माग गरिएको थियो जसले ११ महिनाको अवधिमा कुल १.८ मिलियन डलर (१.४ मिलियन पाउन्ड) मूल्यको २५३ पटक घूस लिएको आरोपमा जन्मकैद पाएका थिए। अदालतमा १६ वर्षको जेल सजाय पाएका डंगले उडान संख्या थप्न उडान प्रदायकहरूबाट लाखौं डलरको घुस लिएको बताएको तथा उडान सकिएपछि भुक्तानी पाएको स्वीकार गरेका छन् । "त्यतिबेला मैले केही गल्ती गरेछु भन्ने सोचेको थिइनँ," उनले भने,  स्वदेश फिर्ता गर्न सहयोग पुर्‍याउन मद्दत गरिरहेका थिए।' आठ अधिकारीलाई घुस दिएको आरोप लागेकी एक व्यवसायीले परराष्ट्र मन्त्रालयमा कसैले पनि पैसा दिन नभनेको  बताएकी छन् । अर्का आरोपी होआङ डिउ मोले भने 'हामीले स्वीकृति र अनुमतिको लागि उनीहरूलाई घूस दिनु पर्छ ताकि उडानहरू समयमै होस् ।'  उनलाई सात वर्षको सजाय तोकिएको छ। भ्रष्टाचार विरुद्धको ठूलो क्रर्‍याकडाउनको बीचमा यो सजाय सुनाइएको छ जसले सयौं अधिकारीहरूलाई अनुसन्धानमा तानेको छ। दुई उपप्रधानमन्त्रीसहित धेरैले राजीनामा समेत दिएको खवर छ । यस वर्षको जनवरीमा पूर्व राष्ट्रपति गुएन सुआन फुकले अचानक राजीनामा दिन बाध्य भएका थिए । एजेन्सी