१२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान

निर्वाचन आयोगले शुक्रबार मध्याह्न १२ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छिटफुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताए । ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको आयोगको भनाइ छ ।

सम्बन्धित सामग्री

दिउँसोसम्म ४० प्रतिशत बढी मतदान

आज विहान ७ बजेदेखि सुरु भएको स्थानीय तहको निर्वाचनमा दिउँसोसम्म झण्डै ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले छिटफुट घटनाबाहेक ७५३ वटै स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको र मध्याह्न १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको जनाएको छ । आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र …

१२ बजेसम्म ३५ % मतदान, ६ जिल्लाका केही ठाउँमा स्थगित

काठमाडौं :  विहान सात बजे देखि भइरहको स्थानीय तह निर्वाचनमा मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार स्थानीय  बिहान ७ बजेदेखि सुरु भएको मतदानमा केही स्थानमा छुटफुट घटना बाहेक हालसम्म मतदान शान्तिपूर्वक भइरहेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्माकाअनुसार  दोलखा, सर्लाही रामेछाप पर्वत हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवाद कारण हाललाई मतदान स्थगित भएको जानकारी दिए। आज ७५२ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्

१२ बजेसम्म ३५ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मत खसेको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै छिटपुटका घटनाबाहेक उत्साहपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए । स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ ।

एक साताभित्र सबै स्थानको परिणाम आइसक्छ : आयोग प्रवक्ता

निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिए लगत्तै प्रक्रिया पुर्‍याएर मतगणना सुरु गर्ने बताएका छन् ।प्रवक्ता पौडेलले अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको भन्दै शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको बताए । प्रवक्ता पौडेलले मतदान सकिएलगत्तै मतगणना सुरु हुने भन्दै आगामी एक साताभित्रमा सबै तहको मत परिणाम सार्वजनिक भइसक्ने जनाए ।

१२ बजेसम्म ३५ प्रतिशत मतदान

काठमाण्डाै - दिउँसो १२ बजेसम्ममा झन्डै ३५ प्रतिशत मतदान भएको छ । बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी दिउँसो १२ बजेसम्ममा झन्डै ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा झडप भएर मदतान कार्य रोकिएको र नियमित गराउने प्रयास भइरहेको आयोगले जनाएको छ ।

अहिलेसम्म ३५ प्रतिशत भोट खस्यो : आयोग

अपराह्न १२ बजेसम्ममा देशभर करिब ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

१२ बजेसम्म ३५ प्रतिशत मतदान : निर्वाचन आयोग

स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ ।