केन्द्रीय दुग्ध सहकारी संघले तत्काल दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक पेस विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सरकारसँग माग गरेको हो ।विगत तीन वर्ष देखि दूधको मूल्य एउटै रहेको तर बजार महँगी बढेर आकाशिएसँगै किसानहरू गाई भैँसीलाई खुवाउने घाँसपात, पराल, दाना, चोकर समेत किन्न नसक्ने अवस्थामा पुगेको संघको भनाई छ । यसले किसानहरू पैसाबाटै पलायन हुने अवस्था आएको संघले बताएको छ ।‘दूधको मूल्य वृद्धि नहुँदा किसानहरू मर्कामा पर्ने मात्र नभई