आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै, दीपेन्द्र र ललित बेन्चमा

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्धको दोस्रो टी-२० खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । आजको खेलमा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा रहेका छन् ।