फिल्म र टीभी शोमा भारतको उत्तर प्रदेश देखाउँदा किन त्यहाँको अपराधलाई मात्र देखाइन्छ ?

पछिल्लो केही वर्षदेखि स्ट्रिमिङ प्ल्याटफर्मले हिन्दी फिल्म निर्मातालाई कथाको दायर बढाउने मौका दिएको छ । जनसंख्याको हिसाबले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश फिल्म निर्माताहरुले लागि आकर्षक लोकेसन बनेको छ ।तर उत्तर प्रदेशलाई लोकेसन बनाइएका फिल्मको कथामा सामान्यतया अपराध र ग्याङ हिंसा देखाइन्छ । यसबीच राज्यको समृद्ध संस्कृति र इतिहास भने छायाँमा परिरहेको छ ।नयाँ फिल्म र वेब सिरिजमाथि नजर राख्ने ट्वीटर एकाउन्ट सिनेमा रेयरले ठट्टा गर्दै लेखेका छ, ‘उत्तर प्रदेशमा सायदै कुनै शहर बाँकी होला