विराटनगरबाट हिजो साँझ काठमाडौं आएका थिए पूर्वऊर्जामन्त्री खड्का

गृहमन्त्री ओमप्रकाश अर्यालले भागेर अमेरिका पुगेको भनेका पूर्वऊर्जामन्त्री दीपक खड्का केही दिनअघि नै भारतबाट फर्केर विराटनगर आएको र विराटनगरस्थित घरबाट हिजो साँझ मात्र काठमाडौं आएको खुलेको छ ।