काठमाडौँ। निर्वाचन आयोग अहिले चुनावको चटारोमा व्यस्त छ। आयोगले ९५० हाराहारीका निर्वाचन सामग्री शनिबार मात्र विभिन्न निर्वाचन कार्यालयमा पठाएको छ। आयोगको कार्यालय बहादुर भवनबाट शनिबार निर्वाचन सामग्री तथा ब्यालेट बक्सहरू उपत्यकाका विभिन्न निर्वाचन कार्यालयमा लगिएको हो। हेरौँ आयोगको कार्यालयबाट निर्वाचनको सामग्री विभिन्न निर्वाचन कार्यालय लगिँदै गरेका थप तस्बिर :