अर्घाखाँचीमा पहिरोले २१ घरपरिवार विस्थापित : पाल्पामा घर पुरिँदा दुई जना घाइते

काठमाण्डौ – अर्घाखाँचीमा पहिरोले २१ घरपरिवारका ९६ जना विस्थापित भएका छन् । छत्रदेब गाउँपालिका वडा नम्बर ७ र ८ का १० घरपरिवारका ४६ जना, मालारानी गाउँपालिका वडा नम्बर ६ का ७ घरपरिवारका ३५ जना, सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का ३ घरपरिवारका १३ र पाणिनी गाउँपालिका वडा नम्बर ८ का १ घरका २ जनासहित ९६ जना विस्थापित भएका छन् । विस्थापित घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो । यस्तै दशैँको टीका लगाउन मामाघर हिँडेका सन्धिखर्क नगरप...