चुनावको मुखमा मितेरी पुल क्षेत्रको सडक कालोपत्रे हुँदै

वीरगंज : जीर्ण बन्दै गएको वीरगंजको मितेरी पुल क्षेत्रको सडक कालोपत्रे गर्न थालिएको छ। चुनावको बेला यो सडक चिल्लो हुने स्थानीयको अपेक्षाका बिच कालोपत्रे सुरु गरिएको हो। सडक निर्माणमा अदालतले बाटो खोलिदिएपछि ‘गेट वे अफ नेपाल’ अर्थात मुलुककै मुख्य प्रवेशद्वार भनेर चिनिने मितेरी पुल, शंकराचार्य क्षेत्र, वीरगंज भन्सार हुँदै रजतजयन्तीसम्म…