रामेछापमा राहदानी आवेदन फाराम प्रशासन कार्यालयमै निःशुल्क

राहदानी लिन आवश्यक पर्ने अनलाइन आवेदन भर्दा सर्वसाधारण ठगिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले कार्यालयमै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाएको छ । बाहिर फाराम भर्ना अनुचित रकम लिएको गुनासो आएपछि प्रशासन  कार्यालयले आइतबारदेखि आफ्नै कार्यालयमा डेस्क राखेर निःशुल्क फाराम भरिदिन थालेको हो । अनलाइनका लागि राहदानी फाराम भर्दा ३ सयदेखि १ हजारभन्दा बढीसम्म लिएको गुनासो प्रशासनमा पुगेको थियो ।