परिवर्तनको आन्दोलनमा भारतमा रहेका नेपालीको भूमिका प्रशंसनीय : शर्मा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले परिवर्तनको आन्दोलनमा भारतमा कार्यरत नेपालीहरुको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा चुनावको पक्षमा माहोल बनाउन पनि आग्रह गरे । भारतको भोपालमा आयोजित अखिल भारत नेपाली एकता मञ्चको दोस्रो बैठकलाई सम्बोधन गर्दै शर्माले सम्भव हुने जति गाउँ फर्किएर फिल्डमै खटिन र सम्भव नहुनेहरुले कार्य क्षेत्रबाटै भएपनि आफ्नो ठाउँमा माओवादीको पक्षमा माहोल बनाउन आग्रह गरे ।