राष्ट्र बैंकमा असर्फीको हारालुछ, एउटैको मूल्य ८१ हजार रुपैयाँसम्म ! (फोटो/भिडियो)

मंगलबार राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखा बबरमहलमा सर्वसाधारणहरूको भिडभाड देखिन्थ्यो । कारण, राष्ट्र बैंकले जारी गरेको असर्फी हो ।  तिहारका बेला धनकी देवी लक्ष्मीको रूपमा सुन, चाँदी, हीरा मोती र मणीरत्न लगायत असर्फीहरू किनेर घरमा राख्दा धनलाभ हुने जनविश्वास छ । यही विश्वाससाथ कार्तिक त्रयोदशी अर्थात् आज धनवन्तरी जयन्तीकै दिन असर्फी किन्न बैंकमा सर्वसाधारणको भीड लागेको हो । यसै दिन असर्फी किन्न सके अझ बढी लाभ मिल्ने कथन छ ।के हो असर्फी ?सुन, चाँदी, हीरा, मोती र मण