सामाजिक सञ्जालमा ओली अन्तर्वार्ताको चर्चा : कसैले आन्दोलन गर्लान्, जनता त ठीक भन्दैछन् !

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन जी न्युजमा दिएको अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा चर्चा शुरू भएको छ । ओलीको अन्तर्वार्ता मंगलवार राति हिन्दी भाषामा प्रसारण भएको थियो ।  विगतमा नेपालविरुद्ध अफवाह फैलाउने गरेको आरोप लागेका जी न्युजका सम्पादक सुधीर चौधरीले ओलीसँग अन्तर्वार्ता गरेका थिए । अन्तर्वार्ताका क्रममा ओलीले भारत नेपालको ठूल्दाइ नभएको, प्रधानमन्त्री नरेन्द्र मोदी ठूलो र आफू सानो प्रधानमन्त्री नभएको बताएका थिए ।  ओलीले पूर्वीय दर्शन र आध्यात्मबारे दिएको प्रवचनको चर्चा भएको छ । ओलीले डटेर...