बाढी र जङ्गली जनावरको अतिक्रमण समाधान मतदानको चाहना

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मतदाता उम्मेदवार र उनीहरूका प्रतिबद्धताका विषयमा छलफल गर्न थालेका छन्।...

सम्बन्धित सामग्री

सामुदायिक वनमा बढ्दै जङ्गली जनावर

गलेश्वर (म्याग्दी), १५ मङ्सिर । म्याग्दीमा वन फँडानी रोकिएपछि सामुदायिक वन तथा खोरिया घना जङ्गल बन्दै जाँदा जङ्गली जनावरको चहलपहल बढ्दै गएको छ । समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ दाउरा, घाँस र स्याउला फँडानी रोकिएपछि जिल्लाका सामुदायिक वन हराभरा भएका छन् । वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जङ्गली जनावर वृद्धि हुनुका साथै […]

म्याग्दीको लुलाङ जलजलास्थित जङ्गलमा भेटियो ‘रेडपाण्डा’

१८ असोज, म्याग्दी । म्याग्दीमा पहिलो पटक विश्वमै दुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा ( हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जङ्गलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जङ्गलमा रेडपाण्डा भेटिएको जानकारी दिए […]

जङ्गली जनावरबाट हैरानी खेप्दै किसान

डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ। जङ्गली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न बुधबार खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पुर्‍याएको बताए। बर्सेनि जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन्। जङ्गली जनावरले […]

सडक र गाउँबस्तीमै जङ्गली जनावर : मानिसलाई समेत खतरा

गत मङ्गलबार साँझ बेनी–बागलुङ सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किएर एउटा वयस्क चितुवा मर्यो ।गत माघमा पनि सोही सडकखण्डको खबरा क्षेत्रमा बागलुङबाट मोटरसाइकलमा बेनी आउँदै गरेका हरि घिमिरेलाई चितुवाले झन्डै झम्टेको थियो । डरका कारण मोटरसाइकललाई सन्तुलनमा लिन नसक्दा घिमिरे लडेर घाइते हुनुभयो । उता बेनी नगरपालिका–३ को तोराखेतमा चितुवाले गत फागुनमा चारवटा बाख्रा मा¥यो । म्याग्दीमा …

पर्यटकले नदेखेको पर्वतको अल्पेश्वर गुफा

डेढ दशक अघि पर्वतको कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो । धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे । केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे । उनीहरूले त्यो ठाउँ जङ्गली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको कुरा गाउँभर सुनाए । रातारात पूजाअर्चना र गुफा हेर्न चाहनेको घुइँचो बढ्न सुरु भयो । स्थानीय …

टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती

१० पुस, टीकापुर । कैलालीको टीकापुर-८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ । श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज हुने भएकाले यो खेती रोजेको बताएका छन् । किसानलाई आलुखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ । आयोजनाले […]

संरक्षणको अभावमा देखिन छाडे दुर्लभ रातो हाब्रे

केहीबर्ष अघिसम्म पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको हिमाली क्षेत्रमा पाइने जङ्गलमा विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा (हाब्रे) देखिन छाडेका छन्।...

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली जनावर रोक्न विद्युतीय तारबार

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार राखिएको छ । बर्दघाट-सुस्तापूर्वको मध्यविन्दु–३ मा विद्युतीय तारबार राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैंडा, बँदेललगायतका जङ्गली जनावरले पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए । गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार राखिएको मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले बताउनुभयो […]

जङ्गली जनावर मार्न थापिएको पासोमा परेर एक जनाको मृत्यु

कैलाली । जङ्गली जनावर मार्न थापिएको पासोमा परेर एक जनाको मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । सोही गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासोमा परेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि डडेल्धुरा […]