संघ सरकारको बजेटमा कर्णाली : कुन स्थानीय तहलाई कति रकम ?

सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहका लागि २५ अर्ब ३६ करोड एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । संघले प्रदेशलाई जस्तै स्थानीय तहलाई पनि अनुदान रकम दिने गरेको छ । सोही अनुसार कर्णाली प्रदेशका स्थानीय तहका लागि चालुतर्फ २२ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ र पूँजीगततर्फ दुई अर्ब ९६ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ ।प्रदेश राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई सबैभन्दा धेरै  बजेट विनियोजन गरिएको छ भने डोल्पाक