इटहरी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले रोलिङ क्लब झापालाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । आर्मीको फाइनल यात्रामा टेक बहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे । रोलिङका मार्टिनले एक गोल फर्काए […]