सिरहाको लहानमा आगलागी, २० लाख बढीको क्षति

लहान । सिरहाको लहान नगरपालिका–५ गुद्री बजारको किराना, चामल र हार्डवेयरको पसलमा आगलागी हुँदा २० लाख बढीको क्षति भएको छ । मंगलबार बिहान करिब २ बजे लखन सहनीको चामल र किराना पसल गरि २ वटा पसल, रामचन्द्र गुप्ताको मसला तथा किराना पसल गरी २ वटा पसल, मनोज गुप्ताको १ वटा किराना पसल र लालबाबु दासको …

सम्बन्धित सामग्री

खोटाङमा डढेलोबाट २० लाख बढीको क्षति

खोटाङ- सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो ।  गाउ...

खोटाङमा डढेलोलेबाट रु २० लाख बढीको क्षति

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो ।

वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाख रुपैयाँ बढीको क्षति

खोटाङ– सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँ बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले […]

पहिरोले चैनपुर प्रसुति गृहमा २० लाख बढीको क्षति

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –६ मा रहेको प्रसुति गृह भवनमा क्षति पु¥याएको छ । लगातारको बर्षासँगै आएको पहिरोले चैनपुर–६ मा रहेको प्रसुति गृह भवनमा क्षति पुगेको हो । आइतबार बिहान माथिबाट खसेको पहिरोले प्रसुति गृहमा क्षति पुगेको चैनपुर नगरपालिका उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिइन् । पहिरोले प्रसुति गृहमा २० लाख रुपैयाँ बराबरको क्षति पुगेको […] The post पहिरोले चैनपुर प्रसुति गृहमा २० लाख बढीको क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आगलागीका घटनाबाट एक अर्ब ४० करोडभन्दा बढीको क्षति

आगलागीका घटनाले पछिल्लो आठ महिनामा देशभर १ अर्ब ४० करोड २० लाख १ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि पुस ४ गतेसम्मको अवधिमा आगलागीले उक्त क्षति गरेको हो। सो समयमा रेकर्ड भएका १ हजार ५२० वटा आगलागीका घटनामा परी ५०जनाको मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ।

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

काठमाडौं । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो । वर्षात् र बाढीले गर्दा देशभर केकति क्षति भयो भन्ने कुराको यकिन विवरण आउन समय लाग्ने भए पनि करीब ५ करोड रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको प्mलोरीकल्चर एशोसिएशन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार काठमाडौंको वाग्मती र धोबीखोलामा सोमवार आएको बाढीका कारण किसानले फूलखेती गरेका टनेल र नर्सरी डुबानमा पर्दा २० लाख फूलका बिरुवा मरेका छन् । बाढीका कारण काठमाडौंमा मात्र करीब ४० लाख रुपैयाँ भन्दा बढीको क्षति हुन पुगेको छ । बाढीका कारण दशैं र तिहारका लागि भनेर लगाइएका धेरै फूलका बिरुवाहरू नष्ट भएका छन् । काभ्रेपलाञ्चोकमा वर्षात्का कारण २५ रोपनी जमीनमा लगाएको फूलखेतीमा असर पर्दा ५० हजार फूलका बिरुवा नष्ट भएका छन् । अहिलेसम्म काठमाडौंको मात्र क्षतिको पूर्ण विवरण आएको र बाँकी जिल्लाको पनि विवरण संकलन भइरहेको एशोसिएशनले जानकारी दिएको छ । ललितपुर र भक्तपुरमा पनि काठमाडौंकै अनुपातमा क्षति भएको हुन सक्ने बताइएको छ । कोरोना महामारीका कारण ठूलो नोक्सानी बेहोरिरहेका पुष्प व्यवसायी तथा किसानहरूलाई लगातारको वर्षात्पछि आएको बाढीले झनै मर्का पारेको एशोसिएशनको भनाइ छ । अघिल्लो वर्षको बन्दाबन्दीको समयमा दैनिक १ करोड रुपैयाँको नोक्सानी बेहोरेका पुष्प व्यवसायको व्यापार हालसम्म पनि ३० प्रतिशतको हाराहारीमा मात्र चलेको श्रेष्ठ बताउँछन् । नेपालमा पुष्प व्यवसाय ४३ जिल्लामा पैििलएको छ । यो व्यवसायमा ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् । एशोसिएशनको तथ्याङ्कअनुसार देशभरिमा ६ अर्बको लगानी भएको छ ।

बाढीले सौराहाको पर्यटकीय क्षेत्रमा ५ करोडभन्दा बढीको क्षति

असार २४, चितवन  । देशकै प्रमुख  पर्यटकीय गन्तव्य मध्ये सौराहामा गत साता आएको बाढीले पाँच करोडभन्दा बढीको क्षति भएको छ । क्षेत्रीय होटल संघ चितवनले संकलन गरेको विवरणअनुसार बाढीका कारण सौराहाका होटल तथा रेस्टुरेन्टहरुमा ५ करोडभन्दा बढीको धनमाल क्षति भएको हो । कोरोना महामारीको मारमा परेका  व्यवसायीहरु बाढीका कारण झन पीडित बनेका छन् । असार १७ गते बूढीराप्तीमा आएको बाढी पसेर यहाँका डेढ दर्जन होटल तथा रेस्टुरेन्ट डुबानमा परेको संघका अध्यक्ष दिपक भट्टाईले जानकारी दिए  । उनका अनुसार  अधिकांश होटलहरुका रूममा पानी पसेको छ । बाढीले बगाएर ल्याएको लेदो माटो जमेर होटलको संरचना र सोन्दर्यसमेत  बिग्रिएको छ । सौराहाको  सपना भिलेज, होटल सेभेन स्टार, टिफिन हाउस, होटल पार्क इन, मृगकुञ्ज होटल, पब्जी रेस्टुरेन्ट, अर्थ लाइट, होटल ल्यान्डमार्क, होटल ग्रीन पार्क, होटल जंगल लज, होटल जंगल क्राउन, बाघमारा वाइल्डलाइफ, होलिडे सफारी, जंगल नेपाल रिसोर्ट, वेन्डिज लज, चितवन रिसोर्ट, सौराहा किचन र होटल मोनालिसा डुबानमा परेका थिए । डुबानमा परेकामध्ये सपना भिलेज, टिफिन हाउस, होटल पार्क इन, मृगकुञ्ज होटल, पब्जी रेस्टुरेन्ट, वेन्डिज लजमा सबैभन्दा बढी क्षति भएको भएको संघले बताएको छ । सपना भिलेजमा बाढीले ल्याएको लेदो माटो फालेर अझै सकिएको छैन । बाढीका कारण सपना भिलेजमा मात्र २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक ध्रुव गिरीले बताए  । होटलका रूममा रहेका ओछ्यान काम नलाग्ने भएका छन् भने होटल सञ्चालनका लागि प्रयोग हुने कफी मेसिन, वासिङ मेसिन, फ्रिज, छ ओटा पानी तान्ने मोटर बिग्रिएको र कुर्सी–टेबल बाढीले बगाएको गिरीको भनाइ छ  ।  अन्य होटलहरुको बाहिरी र भित्री संरचनामा आशिंक क्षति पुरयाएको व्यवसायीअरुले बताएका छन् । हालसम्म पनि बाढीको जोखिम रहेको र बाढी नघटेकाले थप नोक्सान हुँदै गएको उनीहरुको भनाइ छ ।

आगलागी, हावाहुरी र चट्याङबाट एकैदिन दुई करोडभन्दा बढीको क्षति

काठमाडौं। बितेको २४ घण्टामा देशभर आगलागी, हावाहुरी र चट्याङबाट २ करोड २० लाख ८३ हजार ३०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो भएका ती घटनामा २ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। चट्याङ र आगलागीमा परेर हिजो मात्रै ५२ चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

उदयपुरको ताप्लिस्थित एक घरमा आगलागी

उदयपुर । उदयपुरको ताप्लिस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट पञ्चे सार्कीको घर जलेर नष्ट भएको छ भने २० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीको भनाई छ ।

ललितपुरको एक उद्योगमा आगलागी, २ करोड बढी क्षति

३१ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित–७ स्थित एक उद्योगमा गएराति आगो लाग्दा २ करोडभन्दा बढीको क्षति भएको छ । नर्कटेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा राति आगो लागेको हो । सो उद्योग स्थानीय दिनेश सुवेदीको हो । आगलागीबाट २ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको ललितपुर प्रहरीले जनाएको …