‘मुख्यमन्त्री ग्रामीण सडक’ अलपत्र

पाँचथर । बजेट अभाव हुँदा पाँचथरमा ‘मुख्यमन्त्री ग्रामीण सडक आयोजना’अन्तर्गतका सडक अलपत्र बनेका छन् । आयोजना अन्तर्गत जिल्लामा चार सडकको आर्थिक वर्ष २०७६/७७ देखि ट्र्याक खोल्न थालिएकोमा गत आव २०७७÷७८ मा बजेट विनियोजन नहुँदा काम रोकिएको हो । आयोजनाअन्तर्गत पाँचथरमा हेवा खोला, निबु खोला, नावा खोला कोरिडोर तथा मध्यपहाडी लोकमार्ग–तिम्बु पोखरी सडक निर्माण थालिएको थियो । कार्यालयको वार्षिक प्रगति प्रतिवेदनअनुसार यी चार सडकमा गत आवमा निर्माणको काम हुन सकेन । ट्र्याक खोल्न थालिएका ती सडक एक वर्षभन्दा लामो समयदेखि अलपत्र अवस्थामा छन् । स्रोतको सुनिश्चितता नभई उपलब्ध भएभन्दा बढी बजेटको ठेक्का लगाइँदा आर्थिक विश्रृंखतामा फसेको प्रदेश सरकारले मुख्य प्राथमिकताकै सडकको निर्माण अगाडि बढाउन नसकेको हो । अत्यावाश्यक मानिएका सडकलाई प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण सडक आयोजनामा राखी निर्माण थालेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले मनपरी ठेक्का लगाउँदा आव २०७६÷७७ मा सम्पन्न योजनाको रकम समेत गत आवमा मात्रै निकासा गरिएको थियो ।       यसको उदाहरणका रुपमा मध्यपहाडी लोकमार्ग–तिम्बु पोखरी सडकको आव २०७६÷७७ मा सम्पन्न ट्र्याक खोल्ने कार्यको निकासास्वरूप गत आवमा २९ लाख १२ हजार रकम निकासा दिइएको कार्यालयको वार्षिक प्रतिवेदनमा बताइएको छ । कोभिड–१९ को महामारीका कारण पूर्वाधार विकासका क्षेत्रको बजेट महामारी नियन्त्रणमा लगाइँदा पूर्वाधार निर्माणका कार्य प्रभावित भएको हो ।      यद्यपि आगामी आवमा भने यी आयोजना अगाडि बढाउन गरी प्रदेश सरकारले बजेट सिलिङ तयार पारेको छ । ‘ट्र्याक खोल्ने मात्रै काम भएकाले एक वर्षपछि निर्माणलाई निरन्तरता दिँदा पनि कुनै समस्या भने हुँदैन,’ कार्यालयका इञ्जिनियर टीकाराम लिम्बूले भने, ‘गतवर्ष रोकिएको स्थानबाट ट्र्याक खोल्ने काम शुरू हुन्छ ।’ आयोजना अन्तर्गतका सडक योजनाको कुल लागत तथा लम्बाइसमेत यकिन नगरी ट्र्याक खोल्न थालिएको थियो । निर्माण हुने सडकको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार नपारी निर्माण थालिएका रणनीतिक दृष्टिकोणले महत्वपूर्ण यी सडक निर्माणको दोस्रो वर्षमै बजेट अभावले थलिँदा पूर्णतामा भने प्रश्न चिह्न उठेको छ । जिल्लाका तीन कोरिडोर सडकको ट्र्याक खोल्ने कार्यमा समान ८७ लाखका दरले बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट हेवा खोला कोरिडोरको २ दशमलव ७६ किमी, निवु खोला कोरिडोरको २ दशमलव ६ किमी र नावा खोला कोरिडोरको ३ दशमलव ९ किमी निर्माण सम्पन्न भएको थियो । यस्तै हेवा कोरिडोरको २१ किमी र नावा तथा निवु कोरिडोरको समान २३ किमीको डीपीआर तयार पारिएको थियो । ८ मिटर चौडाइको सडक निर्माण हुने यी कोरिडोरमध्ये नावा कोरिडोर २३ किलोमिटरको हुने तय भए पनि बाँकी दुई कोरिडोरको लम्बाइ यकिन भएको छैन । रासस

सम्बन्धित सामग्री

डोटीका ग्रामीण सडक अवरुद्ध

दिपायल, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ । पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि […]

करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।...

बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला

८ असोज, बागलुङ । गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । […]

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्।...

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन् ।हिउँदमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल–भोजपुर सडक मात्र सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार ह

अविरल वर्षाले सिन्धुपाल्चोकका ग्रामीण सडक अवरुद्ध

केही दिनयता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरुद्ध बनेका हुन् । मेलम्ची, तिपेनी,भोताङ मोटरबाटोको ठाउँठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहे पनि यातायात सञ्चालन भने हुन सकेको छैन । अरनिको राजमार्ग बाह्रबिसे–कोदारी लोकमार्गका विभिन्न खण्डमा पहिरोले बाटो अवर

मर्मत भएनन् बनगाडका ग्रामीण सडक

सल्यान : जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा दर्जनभन्दा बढी ग्रामीण सडक अझै मर्मत भएका छैनन्।वर्षात् सकिएको झन्डै ५ महिना बितिसक्दा समेत नगरपालिकाका धेरैजसो ग्रामीण सडक सञ्चालनमा आउन नसकेका हुन्।नगरपालिकाभित्र विभिन्न वडामा जाने दर्जनौँ ग्रामीण सडक खोलेर अलपत्र छाडी स्थानीय सरकार बेखबर बनेको स्थानीयको आरोप लगाएका छन्।वर्षात्को समयमा अवरुद्ध भएको ग्रामीण सडक अर्को वर्षा लाग्ने समय भइसक्दा समेत स्थानीय सरकारले सडक खुलाउनेतर्फ चासो नदिएको स्थानीयले गुनासो गरेका छन्।नगरपालिका केन्द्रब

पाँच महिनापछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक

२५ असार, म्‍याग्दी। बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् । वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन् । […]

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।...

तनहुँका अधिकांश ग्रामीण सडक अवरुद्ध

गत मंगलवारदेखि परेको वर्षाका कारण तनहुँका अधिकांश स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गस्थित मुख्य सडक पुनः सञ्चालन भए पनि ग्रामीण भेगका सडक सञ्चालन हुन सकेका छैनन् ।  सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिरोले अवरुद्ध भएका ग्रामीण सडक पुनः सञ्चालन गराउन प्रयास भइरहेको छ । बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ । त्यस्ता ठाउँमा सडक वारपार गर्न समस्या भएको छ । कतिपय ठाउँमा भने पैदलयात्री समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ ।  शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भे...