उपेन्द्र यादवको उतारचढाव

केन्द्र सरकारमा उपेन्द्र यादवको बर्हिगमन भएसँगै मधेश प्रदेश सरकारबाट जसपा विस्थापित हुने अवस्थामा पुगेको छ । जसपा नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी हट्ने भएका छन् । उनीहरूका मन्त्रीहरूले आइतबार नै राजीनामा बुझाएका छन् । अब मधेशमा सीके राउतको जनमत पार्टीको नेतृत्वमा एमाले र माओवादीसहितको सरकार बन्ने निश्चित भएको छ ।

सम्बन्धित सामग्री

५४ सिटबाट यात्रा सुरु गरेको उपेन्द्रको पार्टी १२ सिटमा सीमित

एक सामाजिक संस्थाको रूपमा उदय भएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले मधेस आन्दोलनपछि पहिलो संविधान सभा चुनावमा ५४ सिट जितेको थियो । प्रत्यक्षमै २२ सिट जितेको पार्टीले समानुपातिकबाट ३० सिट ल्याएको थियो । दुई जना मन्त्रिपरिषद्बाट मनोनीत भएका थिए । त्यसपछि विभिन्न उतारचढाव बेहोरेको यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी नेपालसम्म आइपुग्दा १२ सिटमा खुम्चिएको छ । मङ्सिर ४ गते सम्पन्न आमचुनावमा जसपाले प्रत्यक्षमा सात सिट जितेको छ भने समानुपातिबाट पाँच सिट हात परेको छ । पार्ट