कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् । तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र […]

सम्बन्धित सामग्री

मतान्तर बढाउँदै पूर्व स्वास्थ्यमन्त्री गगन थापा, भट्टराईभन्दा १२३६ मतले अगाडि

काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाको अग्रता कायमै रहेको छ। पछिल्लो मतपरिणाम अनुसार थापा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा एक हजार २३६ मतले अगाडि छन्।

३१ सय २० गणनामा गगनले २ हजार ३७ ल्याउँदा अरूको कति

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। ३१ सय २० मत गन्दा गगनले २ हजार ३७ मत ल्याएका छन्। यस्तै, विश्वप्रकाश शर्माले १२ सय ५५, प्रकाशशरण महतले १०२४, प्रदीप पौडेल ९३५, डा मीनेन्द्र रिजाल ५४६ र राजाराम कार्कीले ७५ मत ल्याएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।कडा सुरक्षाबीच कांग्रेस पार्टी कार्यालयमा मतगणना जारी छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाशले अग्रता फराकिलो पार्दै लगेका छन् । २ हजार १२० मत गन्‍दा थापाले १३ सय ८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ८५१ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण […]

कांग्रेस महामन्त्रीमा गगनको अग्रता, विश्वप्रकाशले महत र पौडेलसँग मतान्तर बढाए

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला समूहबाट उम्मेदवार बनेका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह समूहका विश्वप्रकाश शर्मा रहेका छन् । दोस्रो स्थानमा रहेका शर्माले तेस्रो र चौथौ स्थानमा रहेका शेरबहादुर देउवा समूहका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेलसँगको मतान्तर फराकिलो बनाएका छन् । शेखर […]

एक हजार २० मत गन्दा गगनको ६५८, अरू कसले कति ल्याए?

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। एक हजार २० मत गन्दा गगनले ६५८ मत ल्याएका छन्। यस्तै, विश्वप्रकाश शर्माले ४०४, प्रशाशरण महतले ३४२, प्रदीप पौडेल ३२०, डा मीनेन्द्र रिजाल १७५ र राजाराम कार्कीले २९ मत मत ल्याएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।कडा सुरक्षाबीच कांग्रेस पार्टी कार्यालयमा मतगणना जारी छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

६ सय मत गन्दा गगन थापाले ल्याए करिब ४ सय मत

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। ६ सय मत गन्दा गगनले ३८९ मत ल्याएका छन्। यस्तै, डा प्रकाशशरण महत १९३, प्रदीप पौडेल २०६, डा मीनेन्द्र रिजाल १०८, डा राजाराम कार्की १८ र विश्वप्रकाश शर्मा २२९ मत ल्याएका छन्।कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्री पदको गणना जारी छ । महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । ३०० सय मत गन्दा २०० मत पाएका छन् । दोस्रोमा प्रदीप पौडेल र विश्वप्रकाश शर्माबीच उच्च प्रतिस्पर्धा देखिएको छ । पद्रीपले ११० मत ल्याउँदा विश्वप्रकाशले १०४ […]

२०० मत गन्दा गगनको अग्रता कायमै, प्रदीपले विश्वप्रकाशलाई पछाडि पारे

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले अग्रता लिएका छन् । २०० मत गन्दा गगनले १२४ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ६७, प्रकाशशरण महतले ७०, प्रदीप पौडेलले ७३ र मीनेन्द्र रिजालले ४० मत प्राप्त गरेका छन् । राजाराम कार्कीको पक्षमा भने ५ मत परेको छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मत गणना भने यसअघि नै सकिएको छ । सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुर...