ग्यास लिक हुँदा जुम्लाको एक घरमा आगलागी

जुम्लामा ग्यास लिक हुँदा (चुहिँदा) एक घरमा आगलागी भएको छ । शनिबार चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।