बन्द भयो अर्जुन र जोनको ‘अय्यप्पनम कोशियुम’

मलयालमको हिट फिल्म ‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेकका विषयमा केही समयदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा थियो । फिल्मका लागि कलाकार फाइनल भइसकेको र चाँडै सुटिङमा जाने तयारी रहेको जानकारी निर्माण पक्षले मिडियामाझ दिइसकेका थिए । तर अब यो तयारी केवल तयारीमा मात्र सीमित भएको छ ।समाचारअनुसार अर्जुन कपूर र जोन अब्राहमको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको हालका लागि निर्माणको काम बन्द गरिएको छ । फिल्मका निर्देशक जगन शक्तिले यो बन्द गर्नका लागि कैयौं कारण दिएका छन् । उनले अभिनेता जोन हाल