दोलखाबाट गठबन्धनतर्फ खड्का, काफ्ले र शिवाकोटीको दाबी

दोलखाबाट संघीय चुनावमा प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्का, नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटीले दाबी गरेका छन् । माओवादीबाट बाग्मती प्रदेशसभा सदस्य एवम् वन तथा वातावरण मन्त्री खड्काले संघीय सांसदका प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।काफ्ले विद्यार्थी संगठन र शिवाकोटी पत्रकारिता क्षेत्रबाट भर्खरै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । २०७४ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एमाले पार्वत गुरुङ ५५ हजार ४ सय ५